काठमाडौं । बेलायतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ ।
गएको २४ घन्टामा कोरोनाको संक्रमणबाट बेलायतको अस्पतालमा थप ६ सय ३८ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
मृत्यु हुनेको संख्या हिजोको तुलनामा आज केही कम भएको हो । पछिल्लो जानकारी अनुसार इंग्ल्याण्डमा ५ सय १४ जना, स्कटल्याण्डमा ५८ जना र वेल्समा १७ जनाको मृत्यु भएको छ भने नर्दन आयरल्याण्डको भने अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक भएको छैन ।
हालसम्म बेलायतमा २० जना नेपालीहरुको मृत्यु भैसकेको आधिकारिक तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया