काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सिरियाका राष्ट्रपति बसर अल–असदलाई धन्यवाद सन्देश पठाएका छन् । उनले एक पत्र पठाउदै बुधबार धन्यवाद ज्ञापन गरेका उत्तर कोरियाली उच्च अधिकारीहरुले जनाएका छन् ।
आफ्ना हजुर बुवाको जन्मोत्सवका अवसरमा शुभकामना सन्देश पठाएकोमा उनले धन्यवाद सन्देश पठाएका हुन् । उनका हजुरबुवा किम द्वितीय सुङको गत बुधबार १०८ औं जन्मोत्सव हो । धन्यवाद सन्देशमा दुई देशबीचको सम्बन्ध थप बलियो र राम्रो हुँदै जाने विश्वास पनि व्यक्त गरिएको छ ।
उत्तर कोरियाका नेता उनले सिरियाली राष्ट्रपति असदको सुस्वास्थ्य र सफलताको कामना पनि गरेका छन् । सर्वोच्च नेता उन केही समयदेखि सिकिस्त बिरामी भएको खवरहरु सार्वजनिक भइरहेका बेला उनले धन्यवाद सन्देश पठाएको बुझिएको छ ।
उनी विरामी भएको बारेमा उत्तर कोरियाली सरकारी अधिकारीहरुले अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरेका छैनन् । तर कतिपय विदेशी सञ्चार माध्यमहरुले भने गुप्तचर निकायका अधिकारीहरुलाई उद्धृत गर्दै नेता उन गम्भीर बिरामी भएको समाचार सम्प्रेषण गरेका छन् ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया