कोरोना भाइरसको संक्रमणबाट ६ महिनाकी बालिकाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीले अहिले सारा विश्वलाई ग्रस्त र त्रस्त बनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ८६ हजार १४४ जनाले ज्यान गुमाएका छन् भने २६ लाख ६६ हजार १५४ जनालाई संक्रमण भएको छ ।

यसैबीच बिहीवार भारतको फगवाडामा कोरोना भाइरसको संक्रमणबाट एक ६ महिनाकी बालिकाको मृत्यु भएको छ ।

पीजीआईएमईआर अस्पताका कोरोना भाइरसको उपचार गराईरहेकी बालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बालिकालाई सर्जरीका लागि अस्पताल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा रहेकी बालिकालाई मंगलवार कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । उनी जन्मजातै हृदयरोगको बिरामी थिइन् ।

पीजीआईएमईआरका एक प्रवक्ताले बिहीवारको दोश्रो प्रहर अर्थात् १२ बजेर ४७ मिनेट जाँदा बालिकाको मृत्यु भएको घोषणा गरेको थिए ।

कोरोना भाइरसको महामारीका कारण भारतमा अहिलेसम्म ६८६ जनाको ज्यान गएको छ भने २१ हजार ७९७ जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?