काठमाडौं । सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न माग गर्दै नेपाल तरुण दलसहित ५ बिध्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गरेका छन् ।
कोरोनाको संक्रमणबाट जोगिन सबै एकै ठाँउमा हुनुपर्ने ठाँउमा सरकारले राजनितिक अस्थिरता निम्याउने उदेश्यको साथ ‘राजनितिक दल सम्बन्धी अध्यादेश २०७७’ तथा व्यक्तिवादी अधिनायकत्व स्थापित गर्ने गरी ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७’ जारी गरेको उनीहरुको आरोप रहेको छ । उक्त अध्यादेशले मुलुकमा राजनैतिक द्धन्द सिर्जना भएको र सरकारले सर्वसत्तावाद लाद्न खोजेको बताएका छन् ।
बिहीवार एक विज्ञप्ती जारी गर्दै भनेका छन्, “एकलौटी र छापामार शैलीमा कानुन र संविधानको संशोधन गरेर सरकारले मुलुकमा राजनैतिक द्वन्दको वातावरण सिर्जना गरेको छ। र, यस प्रकरणमार्फत सरकारले राज्यमा सर्वसत्तावाद लाद्ने अभिप्राय रहेको हाम्रो ठहर छ ।”
साथै राष्ट्रिय एकता, लोकतान्त्रिक पद्धति र संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने दिवास्वप्न नदेख्न प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिएका छन्। साथै संविधानको मुल मर्मसँग बाझिएका गैर संवैधानिक अध्यादेशहरु अभिलम्ब फिर्ता गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया