ओली र नेपालको सम्बन्धका विषयमा बोले गोकुल बास्कोटा- ‘प्लेनमासँगै नजाने सल्लाह हुन्थ्यो’ !

काठमाडौं । देशमा कोरोना संक्रमणसँगै बहस बनेको राजीतिक दाउपेचका विषयमा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रतिकृया जनाएका छन् ।

हालका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल दुवै नेतासँग आफुले काम गरेको बताएका छन् । धेरैले ओली र नेपालको मिलन र विवाद नजिकबाट हेरेको भएपनि २०४९ सालमा नै दुवै नेतासँग काम गरेको दाबी गरेका छन् ।

साथै दुवै नेता अन्तरविरोधका बेला कार्यक्रममा जाँदा प्लेनमासँगै यात्रा नगर्ने समेत सल्लाह हुने गरेको बताएका छन् । सोमवार सरकारले सार्वजनिक गरेको राजनीतिक दल खोल्न सहज बनाउने गरि ल्याएको अध्यादेशपछि देशमा राजनीतिक माहोल तातेको छ ।

यसैक्रममा नेता बास्कोटाले सामाजिक सञ्जालमा दुई नेताहरुलाई लक्षित गर्दै लेखेका छन्, “केपी(माधब कमरेडको मिलन र विबाद नजिकबाट हेर्ने धेरै छन।२०४९देखि दुबैनेतासँग मैले पनि काम गरेकोछु।दुई नेताबीच अन्तरबिरोधकोबेला पनि कार्यक्रमा जाँदा प्लेनमासँगै यात्रा नगर्ने सल्लाह हुन्थ्यो।रिसले होईन ,विस्वाससहितको सजकताले खासगरी दासढुङ्गा र बर्दिया घटनापछि।अब आफै बुझौ है।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?