काठमाडौं । बिहीवार नेपालमा थप दुइ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । भने ९ जना उपचारपछि निको भए घर फर्किएका छन् ।
बिहीवार मात्र २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् । काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका दुइ जना ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला हुन् ।
उनीहरु आमा छोरा रहेको जनाइएको छ । गत चैत ५ गते उनीहरु लण्डनबाट फर्किएका थिए । भने उनीहरुमा गत बैशाख १ गते कोरोना संक्रमण पुष्टि भई पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका थिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।
हालसम्म मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट ४३ हजार ७२२ जनाको परीक्षण गरीएको जनाएको छ । भने नेपालमा कुल २७८ जना रेड जोनमा रहेका छन् । भने कोरोना संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया