कोरोना संक्रमित बावुसँग छोरीको ३० घण्टा लामो कुराकानी

काठमाडौं । कोरोना भाइरसको कारण सारा विश्वमा भईरहेको महामारीका कारण अधिकांश देशहरुले आफ्नो देशमा कोरोना भाइरस फैलिनबाट रोक्नका लागि पूरा देश नै लकडाउन गरेका छन् ।

कोरोना भाइरसका कारण धेरै परिवारले आफ्ना आफन्तहरुलाई गुमाउनु परेको छ । अकालमा आफन्त गुमाउनुको पीडा धेरैले कोरोनाका कारण भोग्नु परेको छ ।

यस्तै एबी एडेयर रीनहर्डको जीवनमा पनि भएको छ । एबीका पिता पनि कोरोना भाइरसको संक्रमणका कारण न्युयोर्कको अस्पतालमा भर्ना भएका थिए ।

एबी पनि आफ्ना पितासँग अन्तिम पटक कुरा गर्न चाहन्थिन् । उनको इच्छा पूरा गर्न अस्पतालकी एक नर्स लागिन् । नर्सले एबीका पितासँग अन्तिम समयमा फोन सम्पर्क गराइन् ।

उनीहरुको बीचमा ३० घण्टासम्मको लामो कुराकानी भयो । एबीले तीन भाई बहिनीसहित आफूले पितासँग ३० घण्टा लामो कुराकानी गरिन् ।

उनले भनिन्, ‘मलाई राम्रोसँग थाहा थियो कि, मपितासँग अन्तिम पटक कुराकानी गरिरहेकी छु, म पिताको हात, खुट्टा छुन सक्दिन, उनलाई देख्न सक्दिन तर मैले गरेको कुराकानी बयान गर्न सक्दिन ।’

उनले भनिन्, त्यो ३० घण्टा पनि हाम्रो लागि अत्याधिक कम थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?