ट्रम्पलाई डाक्टरको गम्छा उपहार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारतीय डाक्टर उत्तम ओझाले एक बनारसी गम्छा उपहा स्वरुप पठाएका छन् ।

डा. उत्तम ओझाले गम्छा बनारसको परम्परागत वस्त्र र वाराणसीका मानिसहरुले गम्छा बिभिन्न कामका लागि प्रयोग गर्ने बताउँदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई यसबेला गम्छा काम आउने भन्दै पठाएको बताएका छन् ।

गम्छाले अनुुहार ढाक्दा कोरोना भाइरसबाट बच्न सकिने भन्दै उनले ट्रम्पलाई गम्छा उपहार स्वरुप पठाएको बताएका छन् ।

अमेरिकी दूतावासको माध्यमबाट ओझाले गम्छा पठाएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४७ हजार ६८१ जनाको ज्यान गएको छ भने ८ लाख ४९ हजार ९२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै विश्वमा कोरोना भाइरसको महामारीका कारण १ लाख ८४ हजार ३७४ जनाको मृत्यु भएको छ भने ७ लाख २३ हजार ८०६ जना स्वास्थ्योपचार पनि निको भएका छन् ।

त्यस्तै विश्वमा २६लाख ४६ हजार ९९० जनालाई संक्रमण भएको छ भने विश्वमा ५८ हजार २२८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?