प्रधानमन्त्री केपी ओलीले देखेको सपना पुरा भएन : उपेन्द्र यादव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देखेको सपना पुरा नभएको जनता समाजवादीका नेता उपेन्द्र यादवले प्रतिकृया दिएका दिएका छन् ।

बुधवार राति पार्टी एकता घोषणा गरि बिहीवार बिहान निर्वाचन आयोगमा समाजवादी र राजपा पार्टी एकतापछि नयाँ दल दर्ता गर्न निवेदन दिएपछि यादवले यस्तो बताएका हुन् । साथै, संघीय लोकतानित्रक गणतन्त्रलाई रक्षा गर्न पार्टी एकता गरेको पनि उनले बताए ।

त्यस्तै अर्का नेता राजेन्द्र श्रेष्ठले लकडाउनका बेला अध्यादेश ल्याएर राजनीतिमा नेकपाका नेता केपी ओलीले अपराधीकरण निम्त्याएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?