कोरोनाको प्रकोप : स्पेनमा २१ हजार भन्दा धेरैको मृत्यु, एकैदिन ४ सय बढीको गयो ज्यान

काठमाडौं । कोरोना भाइरसका कारण यसबेला सारा विश्व ग्रस्त बनेको छ ।

सन् २०१९ को ३१ डिसेम्बरमा चीनबाट शुरु भएको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ८४ हजार २३० जनाको ज्यान गएको छ भने ७ लाख १७ हजार ८१२ जना निको भएका छन् ।

त्यस्तै २६लाख ३७ हजार ७९० जनालाई संक्रमण भएको छ । भने विश्वमा ५६ हजार ६७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोनाको महामारीका कारण स्पेनमा अहिलेसम्म २१ हजार ७१७ जनाको ज्इान गईसकेको छ भने २ लाख ८ हजार ३८९ जनालाई संक्रमण भएको छ त्यहाँ ७ हजार ७०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बुधवार मात्रै स्पेनमा कोरोना भाइरसको महामारीका कराण ४३५ जनाको ज्यान गएको छ भने बुधवार नै ४ हजार २११ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?