कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै अमेरिकाको मिजौरी राज्यले चीन सरकारविरुद्ध मुद्दा दायर गरेको छ ।
मिजौरीका महान्यायाधिवक्ता एरिक स्मिटले अमेरिकी संघीय अदालतमा दायर गरेको मुद्दामा ‘कोरोना भाइरस फैलिन नदिन चीनले आवश्यक पहल नगरेको’ दाबी गरेका छन् । भाइरसकै कारण मिजौरीवासीले अर्बौं डलरको क्षति बेहोरेको दाबीसमेत मुद्दामा गरिएको छ ।
‘मिजौरीमा कोरोना भाइरसको असर निकै बढी भएको छ । संक्रमित हजारौं भए र कैयौंले ज्यान गुमाए । परिवारका आत्मीय व्यक्तिहरू टाढिए, साना व्यापार बन्द छन् र दैनिक ज्यालादारीमा काम गरेर छाक टार्नेलाई निकै अप्ठेरो भइरहेको छ,’ महान्यायाधिवक्ताले भने । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया