स्थायी कमिटीका बहुमत सदस्य अध्यादेशको विपक्षमा

नेकपा स्थायी कमिटीका बहुमत सदस्य राजनीतिक दल विभाजनका लागि सहज हुने र संवैधानिक परिषद्को भूमिका कमजोर पार्ने गरी ल्याइएका दुवै अध्यादेश खारेजीको पक्षमा उभिएका छन् ।
सचिवालयसहित हाल कायम ४४ सदस्यीय स्थायी कमिटीका २० सदस्यले विधेयक खारेजीको माग गर्दै स्थायी कमिटी बैठकसमेत बोलाउन बुधबार हस्ताक्षरसहित लिखित पत्र पार्टीमा बुझाएका छन् ।

अध्यक्षलाई पत्र पठाउनेमा पूर्वमाओवादी समूहका गणेश साह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, देव गुरुङ, पम्फा भुसाल, हरिबोल गजुरेल, मातृका यादव, मणि थापा र लीलामणि पोखरेल गरी ११ जना छन् ।
त्यस्तै माधव नेपाल पक्षबाट अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, मुकुन्द न्यौपाने, भीम रावल, भीम आचार्य, रघुजी पन्त र युवराज ज्ञवाली गरी ९ जना छन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?