काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबै भन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिले सम्म विश्वमा १ लाख ८४ हजार २१७ जनाको ज्यान गएको छ भने २६ लाख ३७ हजार ६७३ जनालाई संक्रमण भएको छ । त्यस्तै ७ लाख १७ हजार ६२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा महामारीका कारण ५६ हजार ६७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१० देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीबाट अहिलेसम्म अमेरिकामा ४७ हजार ६७६ जनाले ज्यान गुमाएका छन् भने ८ लाख ४८ हजार ९९४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मौ २७७ नयाँ संक्रमित थपिएका छन् भने १७ जनाको आज मृत्यु भईसकेको छ । त्यस्तै स्पेनमा २१ हजार ७१७ जनाको ज्यान गएको छ भने २ लाख ८ हजार ३८९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै इटालीमा महामारीका कारण अहिलेसम्म २५ हजार ८५ जनाको ज्यान गएको छ भने १ लाख ८७ हजार ३२७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २१ हजार ३४० जनाले ज्यान गुमाएका छन् भने १ लाख ५९ हजार ८७७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै महामारीका कारण जर्मनीमा १ लाख ५० हजार ६४८ जनालाई संक्रमण भएको छ भने ५ हजार ३१५ जनाको ज्यान गएको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म १८ हजार १०० जनाको ज्यान गएको छ भने १ लाख ३३ हजार ४९५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टर्कीमा महामारीका कारण २ हजार ३७६ जनाको ज्यान गएको छ भने९८ हजार ६७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार २९१ जनाको ज्यान गएको छ भने ८५ हजार ९९६ जनलाई संक्रमण भएको छ ।
त्यस्तै कोरोना भाइरसको उद्गमस्थल चीनमा आज मात्रै थप १० जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । अहिले सम्म त्यहाँ ४ हजार ६३२ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार ७९८ जनालाई संक्रमण भइको छ ।
त्यस्तै रुसमा अहिलेसम्म ५१३ जनाको मृत्यु भएको छ भने ५७ हजार ९९९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीबाट २ हजार ९२४ जनाको ज्यान गएको छ भने ४६ हजार १८२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ४२५ नयाँ संक्रमित थपिएका छन् भने आज नै १८ जनाको ज्यान गईसकेको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार २६२ जनाको ज्इान गएको छ भने त्यहाँ संक्रमितको संख्या ४१ हजार ८८९ रहेको छ ।
त्यस्तै क्यानडामा अहिलेसम्म १ हजार ९७४ जनाको ज्यान गएको छ भने ४० हजार १९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै नेद्ल्याण्ड्समा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४ हजार ५४ जनाले ज्यान गुमाएका छन् भने ३४ हजार ८४२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विटजरल्याण्डमा अहिलेसम्म १ हजार ५०९ जनाको ज्यान गएको छ भने २८ हजार २६८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै छिमेकी देश भारतमा अहिलेसम्म ६८१ जनाको ज्यान गएको छ । महामारीबाट त्यहाँ २१ हजार ३७० जना ग्रस्त रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया