काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट यो समाचार तयार पार्दासम्म १ लाख ८२ हजार १ सय ५० जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने २६ लाख ९ हजार ९१ जना कोरोना संक्रमणको शिकार भइसकेका छन् साथै ७ लाख १४ हजार १ सय ६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै कोरोनाको कारण संयुक्त राज्य अमेरिकामा मात्र ४६ हजार १ सय ४९ जना मानिसको ज्यान गइसकेको छ । भने आज मात्र त्यहाँ ८ सय ३१ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ भने १० हजार ६ सय ४८ जना मानिस आजमात्र कोरोना संक्रमित रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै यो समाचार तयार पार्दासम्म अमेरिकामा मात्र ८ लाख २९ हजार ३ सय ९२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै अर्काे मुलुक इटालीमा हालसम्म कोरोना संक्रमणको कारण आजमात्रै ४ सय ३७ जना र कुल २५ हजार ८५ जनाको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म १ लाख ८७ हजार ३ सय २७ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया