एनसेल कोसेली : टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने

काठमाडौं । एनसेलकाप्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमाआफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।

एनसेलप्राइभेट लिमिटेडले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहककालागिएनसेल कोसेलीअफर अन्तर्गत विभिन्न आकर्षक योजनाहरु ल्याएको छ जस अन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवाप्रयोग गरिरहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाईलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।

एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६०० एमबी डेटा, २१०० एमबी डेटा र १,००० एसएमएस रहेका छन् । एनसेल कोसेलीको अन्तर्गतको यीप्याकहरु यहिबिहीबार (वैशाख ११) देखि लागु हुनेछ ।

एनसेलकाप्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहितमात्र रु ६२.५७ र त्यसै गरी अर्को ५५ मिनेट भ्वाइस प्याक कर सहित रु ३१.९२ मा उपहार पठाउन सक्नेछन् ।

५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्तगर्नेग्राहकले ३ दिनभित्रएनसेल नेटवर्कभित्रउतmभ्वाइस सेवाप्रयोग गर्न सक्नेछन् । त्यस्तै ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले ७दिनभित्रएनसेल नेटवर्क भित्र उक्त भ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् ।

डेटामा ग्राहकले ६०० एमबी डेटा (२०० एमबीअल नेट, २०० एमबीफोरजी र २०० एमबी नाइट डेटा) मात्र ४४.६९ रुपैयाँमा उपहार स्वरुप पठाउन सक्नेछन् ।

उक्त डेटा प्याक ३ दिनको लागिमान्य रहनेछ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्ना साथीभाईतथा परिवारजनलाई २१०० एमबी डेटा (हरेकदिन ३०० एमबी ७ दिन सम्म) मात्र ९७.४ रुपैयाँमा उपहार दिन सक्नेछन् ।

यसका साथै प्रिपेड ग्राहकले १००० वटा एसएमएसको प्याक उपहार स्वरुपमात्र २४.२६ रुपैयाँमा पठाउन सक्नेछन् । यसरी प्राप्तहुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफुले पाएको मितिबाट ३० दिन सम्म प्रयोग गर्न सक्नेछन् ।

एनसेल कोसेलीअफर अन्तर्गतका उपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स १७१११ ह्यास डायल गरी निर्देशन अनुसारको विकल्पहरु छनोट गरीएनसेल कोसेली सजिलै पठाउन सक्नेछन् । ग्राहकले १७१११ मा डायल गरीयो अफरको जानकारी पनि लिन सक्नेछन् ।

उपहार वापतको शुल्क उपहार पठाउने ग्राहकको मेनब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शुल्क लाग्ने छैन ।

प्रिपेड ग्राहकले आफ्नो ईच्छा बमोजिमजति पटक पनि उपहार पठाउन सक्नेछन् । कोरोना भाइरस रोगको महामारीले गर्दा सबैजना सामाजिक दूरी कायम गर्दै घरमा नै बसिरहेको हालको अवस्थामा आमाको मुख हेर्ने दिनको अवसर पारी ल्याईएका योजनाहरुले सञ्चार सेवाको आवश्यकतालाई संबोधनगर्दै सम्बन्धहरुलाई थप प्रगाढ बनाउने विश्वास एनसेलले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?