काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित श्रीपञ्च दशानन अखडाका दुई सन्तको अज्ञात समूहले हत्या गरेकामा विश्व हिन्दू महासङ्घ नेपालले निन्दा गरेको छ ।
महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा अखडाका स्वामीद्वय कल्पवृक्ष गिरी पन्त महाराज र सुशील गिरी महाराज गाडीमा यात्रा गरिरहेका बेला सो समूहले ओराली प्रहरीकै अघि हत्या गरेको घटना वैदिक सनातन धर्म एवं परम्परामाथिको आक्रमण भएको उल्लेख छ ।
घटनाका दोषीलाई नियन्त्रणमा लिएर कडाभन्दा कडा कानूनी कारवाहीको दायरामा ल्याउन पनि महासङ्घले जोडदार माग गरेको छ ।
लोक कल्याण र विश्व शान्तिको अभियानमा लागेका निरपराध दुई स्वामीको हत्याको विज्ञप्तिमा भर्तसना गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया