काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ स्थित वनस्थली, बालाजुमा रहेको भाटभटेनी सुपरमार्केट बिहान ४ बजेदेखी ९ बजेसम्म मात्र सञ्चालन हुने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले देशभर लकडाउन गरेको छ । अत्यावश्यक पसलहरु बाहेक बजार बन्द गरिने भनिए पनि कतिपय ठाँउमा भाटभटेनी सुपरमार्केटहरु सञ्चालनमा रहि आएका छन् ।
यसैक्रममा का.म. न. पा वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको अध्यक्षतामा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वाग्मती प्रदेश सभासद वसन्त मानन्धर, का मनापाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गीको उपस्थितीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सोही अनुरुप बैशाख १० गतेबाट बिहान ४ बजेबाट ९ बजेसम्म मात्र वनस्थलीमा रहेको भाटभटेनी सञ्चालन हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया