काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ ।
‘जीटुजी’ प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न करिब सवा दुई अर्ब रुपियाँ (एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर)को सम्झौता गरिएको हो । चीन सरकारको स्वामित्वमा रहेको चाइना सिनोफर्म कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । सम्झौताअनुसार चीनबाट ३४२ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । आइतबारै सो सम्झौता सम्पन्न भए पनि मङ्गलबार नेपाली सेनाले सो जानकारी दिएको हो ।
नेपालले सम्झौता अनुसारको रकम राष्ट्र बैङ्कको स्वीकृति लिएर भुक्तानी गरिसकेको छ । सम्झौतामा नेपालका तर्फबाट नेपाली सेनाका सम्भार रथी प्रभुराम शर्मा र चीनका तर्फबाट वाणिज्य मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया