पार्टीमा दरार आयो भने कतातिर लाग्लान् बादल ?

नेकपामा आन्तरिक तनाव भएका बेला पूर्वमाओवादी र एमाले समूहभित्र सधैजसो एउटा प्रश्न उठ्छ–गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल कतातिर ?
त्यसको कारण हो, थापा मौका हेरेर कहिले बालुवाटार, (प्रधानमन्त्री), कहिले खुमलटार, (पुष्पकमल दाहाल प्रचण्ड) पक्षमा लाग्नु ।
माओवादी सशस्त्र युद्धकालदेखि प्रचण्ड निकट रहेका थापा अहिले भूमिकाको हिसावले ओली निकट छन् ।
देशैभरको प्रशासन र शान्ति सुरक्षाको जिम्मेवारी लिएका उनी प्रधानमन्त्री ओलीको विश्वासिला मानिन्छन् ।
लामो राजनीतिक सहकार्य र एकपटक अलग भएर फेरि दाहालसँगै सामेल भएपछि उनको प्रचण्डसँग भावनात्मक निकटता छ । तर यतिबेला प्रचण्डले बादललाई विश्वास गर्न नसकेको कान्तिपुर दैनिकमा खबर छ । बादल दाहाल भन्दा प्रधानमन्त्रीको निर्देशनमा चल्छन् । दाहालका कतिपय सुझावलाई उनले वेवास्ता गर्दै आएका छन् ।
नेकपाको एकतामा दरार पैदा भयो भने थापा कता लाग्लान्, ‘पार्टी भनेको विचारमा टिक्छ, विचार कुन ठीक, कुन बेठीक भन्ने भएपछि त्यहीअनुसार निर्णय हुन्छ’ थापा निकट स्थायी कमिटी सदस्य देव गुरुङ भन्छन्,‘उहाँ पार्टी एकता बलियो बनाउनुपर्छ भन्ने लाइनमा हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?