मृतावस्थामा चितुवा फेला

दैलेख । दैलेखको दुल्लु नगरपालिका–३ तियाडीको जंगलमा एक चितुवा मृतावस्थामा फेला परेको छ ।

स्थानीयवासी र प्रहरीको सूचनाका आधारमा चितुव सब–डिभिजन कार्यालयको टोलीले घटनास्थलबाट जिल्ला सदरमुकाममा पु¥याएर मङ्गलवार कार्यालय हातामा गाडिएको छ ।

अन्दाजी १३–१४ वर्ष जतिको चितुवा टाउकामा चोट लागेको र गन्हाइसकेका अवस्थामा मृत फेला परेको थियो ।

स्थानीयवासीले छाला काटेर लिन सक्ने सम्भावना भएका कारण सदरमुकाममै ल्याएर गाडिएको डिभिजनल वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?