काठमाडौं – आजमात्रै (मंगलबार) ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आजमात्रै ११ जना संक्रमित थपिएका छन् ।
आजै मंगलबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक जना र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।
उदयपुर जिल्ला त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । निजहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परिक्षण भैरहेको छ । अन्य थप ६९ जनाको परिक्षणको लागि बिराटनगर स्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि आज वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परिक्षण गर्दा थप पुष्टी भएकोले निजहरूलाई हाल बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
हाल पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ । यसरी हाल सम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ४ जना निको भएर घर फर्कीसकेका मन्त्रालयले जनाएको छ ।
आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । भने संक्रमितमध्ये हालसम्म ५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत एकजना मंगलबार डिस्चार्ज भएसँगै घर फर्किनेको संख्या ५ पुगेको हो । अस्पतालले आज एक विज्ञप्तिमार्फत कैलालीको धनगढी उपमहानगरपालिका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएको जानकारी दिएको हो ।
सोही अस्पतालमा उपचाररत अर्का युवा पनि वैशाख ७ गते निको भइ घर फर्किसकेका छन् । यसअघि बागलुङमा उपचाररत बृद्धा र काठमाडौंमा उपचार गराएका एक पुरुष र एक महिना पनि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
अहिले देशका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ भने मंगलबारका संक्रमितलाई अस्पताल लगिँदैछ ।

संक्रमणपछि निको भएकाहरु भन्छन्, हेलचक्राईँ नगरौँ !
यसैबीच कोरोना संक्रमणपछि उपचार गरेर स्वास्थ्यलाभ गरेकी संक्रमित युवतीले आत्मअनुशासन, लकडाउनको पालना, क्वारेन्टाईनमा बस्न नहिच्किचाउनु, आईसोलेसन बस्दा र उपचार गर्दा हिम्मतिलो बन्न सबैसँग आग्रह गरेकी छिन् ।
यस्तै कोरोनाको संक्रमणपछि उपचार गराएर निको भएर घर फर्किँदा संक्रमितले भनेका छन्, “स्वअनुशासनमा बस्नू र बाहिरको व्यक्तिको सम्पर्कमा नआउनु नै सबैभन्दा उत्तम उपाय हो । त्यसैले यस महामारीलाई खेलाँची नसम्झिऔँ।”
संक्रमणपछि निको भएर घरमा आराम गरिरहेका युवकले भने, “यो चानचुने संक्रमण हुँदै होईन रहेछ। हामीले अझै बुझिसकेका छैनौँ । ज्यान बेस्सरी दुख्छ । विश्वभर मृतक संख्या साढे १ लाख नाघिसके । धन्य म निको भएँ । तसर्थ तपाईहरु भन्छु, सरकारले भनेको नीतिनियम पालना गरेर घरमा नै बस्नुहोस् । पहिला ज्यान रहे आफ्नो स्वास्थ्य राम्रो भए बाँकी सबै कुराको लागि समय रहन्छ ।”
स्वमूल्याङ्कनका लागि विवरण भरेकामध्ये २ सय ६७ जना रेड जोनमा !
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘वेवपेज र एपमा’ आफ्नो विवरण भराएकामध्ये हालसम्म तिनका लक्षणका आधारमा मन्त्रालयले २ सय ६७ जनालाई रेड जोनमा राखेको छ ।
खोकी लाग्ने, ज्वरो आउने, छाति दुख्ने, रुघा लाग्ने, शरीर दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने जस्ता लक्षण कोरोना भाइरस कोभिड १९ का लक्षण हुन् । यिनै लक्षणका आधारमा हालसम्म २१ हजार ५ सय ६६ जना मानिसहरुले विभिन्न ठाउँबाट मन्त्रालयको वेवसाईटमा आफ्नो विवरण भरेका छन् । त्यसरी स्वमूल्याकंनको लागि विवरण भर्नेमध्ये गत २४ घण्टामा मात्रै २७५ जनाले जानकारी लिएका थिए ।

तिमध्ये ४ जना ‘रेड जोन’मा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधीमार्फत् हालसम्म ८ हजार ७ सय ६३ जनाको परिक्षण गरिएको छ । गत २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएको छ ।
र्यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीबाट हालसम्म २७ हजार ९ सय ५६ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ८ सय ८ वटा नमूना जाँच गरिएको छ । यी सबै विवरण हेर्दा हालसम्म कोरोनाको आशंकामा ३६ हजार ७ सय १९ वटा परीक्षण सम्पन्न भइसकेका छन् ।
तिमध्ये र्यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीमार्फत् हालसम्म प्रदेश १ मा २ हजार ६ सय २० प्रदेश २ मा ३ हजार ५ सय ९८ बाग्मती प्रदेशमा ५ हजार १ सय ५७ गण्डकी प्रदेशमा ४ हजार १ सय प्रदेश ५ मा २ हजार ४ सय ८३ प्रदेश कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ७७ गरी हालसम्म कुल २७ हजार ९ सय ५६ वटा जाँच गरिएको छ ।
हालसम्म ७ हजार ६७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै आईसोलेसनमा बस्नेको संख्या १ सय ७ रहेको छ । तिमध्ये काठमाडौंमा ६ र बाँकी १०१ जना बाहिरी जिल्लामा छन् ।

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया