फेरी थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा ४२ पुगे संक्रमित (अपडेटसहित)

काठमाडौं – नेपालमा थप २ जनामा कोरोनाभाइरस ‘कोभिड – १९’ को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा थप दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

आजै मंगलबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक जना र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । भने संक्रमितमध्ये हालसम्म ५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत एकजना मंगलबार डिस्चार्ज भएसँगै घर फर्किनेको संख्या ५ पुगेको हो । अस्पतालले आज एक विज्ञप्तिमार्फत कैलालीको धनगढी उपमहानगरपालिका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएको जानकारी दिएको हो ।

सोही अस्पतालमा उपचाररत अर्का युवा पनि वैशाख ७ गते निको भइ घर फर्किसकेका छन् । यसअघि बागलुङमा उपचाररत बृद्धा र काठमाडौंमा उपचार गराएका एक पुरुष र एक महिना पनि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?