काठमाडौं । कोरोना महामारीले विश्वनै त्रसित भएको बेला भारतको राजस्थान राज्य सरकारले र्यापिड टेस्ट किट प्रयोगमै प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरस संक्रमित बिरामीको रिपोर्ट पनि नेगेटिभ देखाएपछि राज्य सरकारले यस्तो कदम चालेको हो । राज्य सरकारले यस किटलाई कोरोना जाँचमा फेल सावित घोषणा गर्दै राज्य सरकारले उक्त निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
र्यापिड टेस्ट किटबाट त्यहाँ १२३२ जनाको परीक्षण गर्दा दुईजनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो । आरडीटीको नतिजा सही भए नभएको पत्ता लगाउन त्यहाँ पीसीआर परीक्षण पनि गरिएको थियो। जसमा रिपोर्ट नेगेटिभ आएको थियो ।
अब राज्य सरकारले र्यापिड टेस्ट किटबाट गरिने जाँच नै रोकिदिएको हो । यो किटलाई फिर्ता नै गर्ने निचोडमा राज्य सरकार पुगेको छ। भारतमा राजस्थान राज्य सरकार र्यापिड टेस्ट किट प्रयोगको अनुमति दिने पहिलो प्रान्त हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया