उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३२ पुग्यो

काठमाडौं । उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलन मार्फत दिइएको जानकारीमा उदयपुरका १ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ ।

पछिल्लो पटक थपिएका संक्रमित ३३ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि उदयपुरको भुल्केमा १२ जनामा एकैपटक संक्रमण देखिएको थियो । त्यसको केही दिनमा अर्का एक जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा हालसम्म ३२ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?