काठमाडौं । सरकारले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीले बताएको छ । साथै उक्त अध्यादेश अनिष्टकारी कदम भएकाले साझा पार्टीले तुरुन्त फिर्ता लिन साझा पार्टी माग समेत गरेको छ ।
दुई तिहाइको बलियो सरकारले दुई वर्षसम्म काण्डैकाण्डको ठेली मात्र दिएको कुरा संकेत गर्दै आम विश्वास गुमाएपछि, आफूलाई सत्तामा कायम राख्न प्रधानमन्त्रीमा स्पष्टत निरंकुश, व्यक्तिवादी सोच हावि भएको साझा पार्टीको आरोप रहेको छ ।
सरकारले अध्यादेश जारी गरेपछि एक विज्ञप्ती जारी गर्दै आफ्नै दलका अर्का अध्यक्ष र शीर्ष नेतृतवसँग छलफल नै नगरी छापामार शैलीमा मन्त्रीपरिषद्मा पेस गरिएको भन्दै साझा पार्टीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “दुबै अध्यादेश प्रधानमन्त्री ओलीद्वारा आफ्नै पार्टीका अर्का अध्यक्ष तथा शीर्ष नेतृत्वसँग समेत छलफल नगरी छापामार शैलीमा मन्त्रीपरिषद्को बैठकमा पेश गरिएको थियो।”
विश्व जगत नै यतिबेला कोरोना भाइरसको चपेटामा परेको छ । जसका कारण देश कोरोनाभाइरस संक्रमणका कारण कठिन र अनिश्चयको परिस्थितिबाट गुज्रिरहेको बेला थोरैमात्र मानवीय विवेक र राजकीय जिम्मेवारीको वोध भएको नेताले गर्नै नसक्ने काम प्रधानमन्त्रीबाट भएको साझा पार्टीले बताएको छ ।
“संसदमा बलियो जनमत हुँदाहुँदै संसदबाट नभइ पार्टी फूट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको दशकौँको लोकतान्त्रिक संघर्षकै उपहास हो। लोकतान्त्रिक पद्दतिको आत्मा मानिने शक्ति पृथकिकरणको मान्यतामाथिको नाङ्गो आक्रमण हो।” विज्ञप्तीमा उल्लेख छ ।
नेपाली राजनीतिक वृत्तमाथि नै आम जनमानसमा चरम अविश्वास बढ्दै गएको बेला सरकारले ल्याएको उक्त अध्यादेशले नेपालको लोकतन्त्रलाई नै संकटतर्फ उन्मुख सक्ने तर्क साझा पार्टीले व्यक्त गरेको छ ।
साथै अहिलेको परिस्थितिलाई बदल्नका लागि आफ्नो, आफ्नो सन्तान र मातृभूमीको हित र रक्षाका लागि सबै राजनीतिकर्मी तथा आम नेपालीहरूलाई आ(आफ्ना राजनीतिक मतभेद छोडेर एक जुट हुन पनि साझा पार्टीले अपिल समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया