काठमाडौं । कोरोना भाइरसको महामारीकारण अहिले सारा विश्व नै त्रसित छ । कोरोना रोकथामका लागि विश्वका प्राय सबै देशहरुमा अहिले लकडाउन छ । कोरोना भयावह र लकडाउनलाइ मध्येनजर गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ नियम ल्याएको छ । सामाजिक सञ्जाल फेसबुकमा सामाजिक दूरीको नियम उल्लंघन गरिरहेका घटनामा प्रतिबन्ध (इभेन्ट ब्यान्ड) लगाइएको छ ।
फेसबुकले सोमबार अमेरिकाको क्यालिफोर्निया, न्युजर्सी र नेब्रास्कामा आयोजित ‘एन्टी–क्वारेन्टाइन’ कार्यक्रमलाई ‘रिमुभ’ गरिदिएको छ ।

कोरोना भाइरस संक्रमणको सामना गरिरहेको अमेरिकामा नागरिकहरू लकडाउन कार्यान्वयनका लागि लगाइएका प्रतिबन्धहरूको विरोध गर्दै आएका छन् । फेसबुकको उक्त कदमको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । केही व्यक्तिले फेसबुकको कदमलाई अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले पनि फेसबुकको उक्त कदमको आलोचना आफ्नो फेसबुकमार्फतै गरेका छन् । फेसबुकले कोरोना संक्रमणसँग सम्बन्धित ‘फेक न्युज’ र गलत जानकारीविरुद्ध पनि कारबाही तीव्र पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया