काठमाडौं । वडा अध्यक्षको निर्देशन पछि काठमाडौंको एक सुपर मार्केट बन्द भएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल लकडाउनको अवस्थामा छ । जसका कारण अत्यावश्यक बाहेक अन्य पसल बन्द गरिएपनि काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट खल्ला नै थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर-२९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन निर्देशन दिएका हुन् । शुरुमा अटेरी गरेपनि सोमवारबाट भने भाटभटेनी बन्द भएको वडाध्यक्ष ढकालले बताएका छन् ।
सरकारले धेरै भिडाभाड नगरिकन सुपरमार्केट खोली खरिदबिक्रिमा सहजता प्रदान गरेको थियो । बाहिर सुरक्षाका लागि दुरी कायम गरिएपनि भित्र भिडभाड भएको र जसका कारण कोरोना संक्रमण थप जोखिम हुने भन्दै बन्द गर्न निर्देशन दिएको ढकालले बताए ।
साथै अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरूमा भने भाटभटेनी दैनिक खल्ला हुने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया