काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ कारण यो समाचार तयार पार्दासम्म १ लाख ७० हजार ४८४ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर २४ लाख ५२ हजार ५ सय ९८ जना मानिसमा कोरोना संक्रमण भएको र ६ लाख ५२ हजार ५ सय ४३ जना मानिस उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा धेरै नेपाली रहेको खाडी मुलुक साउदी अरबमा हालसम्म कोरोनाको कारण १०३ जनाको मृत्यु भइसकेको । त्यस्तै हालसम्म त्यहाँ १० हजार ४ सय ८४ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।
त्यस्तै अर्को खाडी मुलुक कतारमा कोरोनाको कारण हालसम्म ९ जनाको मृत्यु भइसकेको छ । भने ६ हजार १५ जनामा कोरोना संक्रमण देखिएको र आज मात्र ५६७ जना कोरोनाका नयाँ बिरामी देखा परेका छन् ।
त्यस्तै युनाईटेड मलेसियामा हालसम्म ५ हजार ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । भने ३६ जना नयाँ संक्रमित आज मात्र फेला परेका छन् । त्यस्तै ८९ जना मानिसहरुले कोरोना कै कारण ज्यान गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया