राजधानीका सबै क्वारेन्टाइन खाली

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई अलग्गै वासका लागि बनाएको क्वारेन्टाइनस्थल प्रभावकारी रूपमा प्रयोगमा आएको छैन । भएका क्वारेन्टाइन प्रयोगमा नआए पनि कतिपय स्थानमा अझै क्वारेन्टाइनस्थल निर्माण जारी छ । निर्माण भइसकेका अधिकांश क्वारेन्टाइनस्थल भने एकपटक पनि प्रयोग भएका छैनन् ।

प्रदेश र स्थानीय सरकारले क्वारेन्टाइनस्थल व्यवस्थापन गर्ने निर्णय गरेसँगै संघीय सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न मापदण्ड जारी गरेको थियो । मापदण्डमा संक्रमणको जोखिममा भएका सम्भावित व्यक्ति र समाजलाई रोगबाट बचाउन क्वारेन्टाइन निर्माण र कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राखिने व्यवस्था छ । सोहीअनुसार देशभर ३० हजार बेडभन्दा बढी क्वारेन्टाइनस्थल तयार गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । तर, सोमबारसम्म तीमध्ये करिब पाँच हजार बेड मात्रै प्रयोगमा छन् ।नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?