चीनसँग औषधि खरिद सम्झौता, कहिले आउँछ सामान ?

काठमाडौं – कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता भएको छ। नेपालका तर्फबाट बिहीबार पठाइएको सम्झौतापत्रमा चिनियाँ पक्षले आइतबार हस्ताक्षर गरेको हो।

नेपालले चिनियाँ पक्षले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको मूल्यलाई स्वीकार गर्दैसम्झौतापत्र पठाएको थियो।
सम्झौता भएको दुई दिनभित्र नेपालले रकम पठाउनुपर्ने नियमअनुसार सोमबार रकम पठाइएको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार पैसा पठाएको एक सातामा स्वास्थ्य सामग्री आइपुग्नेछ। सम्झौताअनुसार ६७ किसिमका ३ सय ४० टन स्वास्थ्य सामग्री चीनबाट ल्याइनेछ। नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?