नेकपामा अध्यादेशको पक्षमा को विपक्षमा को ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नो भन्दा पनि अरु पार्टीलाई लक्ष्य गरेर ल्याएको स्पष्टीकरण नेकपा सचिवालय बैठकमा दिएका छन् ।
तर अध्यादेशको पक्ष र विपक्षमा सचिवालयमा रहेका नेताहरु नै देखिएको कान्तिपुर दैनिकमा खबर छ । ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल अध्यादेशको पक्षमा छन् भने प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ विपक्षमा रहेका छन् ।
यसैगरी उपाध्यक्ष वामदेव गौतमले भने अध्यादेश ठीक भएपनि गलत समयमा आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?