कठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म १ लाख ६८ हजार ७ सय ५८ जनाको ज्यान गइसकेको छ । त्यस्तै २४ लाख ५२ हजार २ सय ९२ जना कोरोना संक्रमित रहेका छन् । भने ६ लाख ४२ हजार ६ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै कुल संक्रमित मध्ये ३ प्रतिशत अर्थात ५६ हजार १ सय ६५ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरले देखाएको छ ।
यो समाचार तयार पार्दासम्म संयुक्त राज्य अमेरिकामा ४१ हजार ३ सय ५६ जनाको ज्यान गइसकेको छ । भने ७ लाख ७१ हजार २ सय १४ जनामा कोरोना संक्रमणको शिकार भएका छन् । भने आज मात्रै कोरोना संक्रमणबाट ७ सय ८१ ज्यान गुमाएको र ६ हजार ५ सय ७८ जनामा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोना संक्रमणको कारण २० हजार ८ सय ५२ जनाले ज्यान गुमाएका छन् । भने २ लाख २ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । भने १५ सय भन्दा धेरै कोरोना संक्रमित आज मात्र थपिएका छन् ।
त्यस्तै इटालीमा पनि आज मात्र २२ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ सय ५४ जना कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । साथै इटालीमा हालसम्म २४ हजार १ सय १४ जनाको कोरोना संक्रमणको कारण कोरोना संक्रमणको कारण ज्यान गएको तथा १ लाख ८१ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै उता फ्रान्समा कोरोना संक्रमणको कारण यो समाचार तयार पार्दासम्म २० हजार २ सय ६५ जनाको ज्यान गइसकेको छ । भने १ लाख ५५ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको र आज मात्रै त्यहा कोरोनाको कारण ५ सय भन्दा धेरैको ज्यान गएको छ ।
त्यस्तै जर्मनीमा कोरोनाको कारण हालसम्म कोरोनाको कारण ४ हजार ६ सय ८३ जनाको ज्यान गइसकेको र १ लाख ४६ हजार २ सय ९३ जना कोरोना संक्रमित रहेका छन् ।
साथै बेलायतमा कोरोना संक्रमणको कारण हालसम्म १६ हजार ५ सय ९ जनाको ज्यान गइसकेको छ भने १ लाख २४ हजार ७ सय ४३ जना कोरोना संक्रमणको शिकार भइसकेका छन् ।
त्यस्तै इरानमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ५ हजार २ सय ९ जनाको ज्यान गइसकेको छ । भने आज मात्रै त्यहा ९१ जनाले कोरोनाको कारण मृत्यु भएको छ । भने हालसम्म ८३ हजार भन्दा धेरै मानिस कोरोना संक्रमणको शिकार भएको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया