राष्ट्रपति शासन लागू हुने अर्जुननरसिंह केसीको आशंका

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारको नियतमाथि गम्भीर आशंका पैदा भएको बताएका छन् ।

उनले सरकारको क्रियाकलाप हेर्दा राष्ट्रपति शासनसम्म लगाउने जस्तो आशंका देखिएको बताएका छन् ।

‘राष्ट्र कोरोना भाइरस संगको महायुद्धमा छ।सम्पूर्ण शक्तिमा एकता स्थापित गर्नु सट्टा, विभाजन अस्थिरता र अविस्वासको सिर्जना र संवैधानिक परिषदमाथिको हमला तथा आन्तरिक पार्टी तह लगाउने नियतसंगै संकटकाल र राष्ट्रपति शासन सम्म जाने तयारी त होइन, यी दुई अध्यादेश ?’ उनले ट्वीटरमार्फत प्रश्न गरेका छन् ।

सोमवार मन्त्रिपरिषद्ले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश स्वीकृत गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?