बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, दुई हप्ता यताकै कम

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या गएको दुई हप्तामा सबैभन्दा कम रहेको ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । २४ घन्टाभित्र बेलायतको अस्पतालमा कोरोनाबाट थप ४ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

यस अघि पनि गत अप्रिल ६ का दिन ४ सय ३९ जनाको मात मृत्यु भएको थियो । सम्भवतः बेलायतले पहिलो चरणको पिक अवधि पार गरिसकेको बेलायत सरकारले बताएको छ । यद्यपी कोरोनाको संक्रमण हुनुहरुको संख्या भने क्रमश बढ्दै गएको गइरहेको छ ।

गएको २४ घन्टामा ४हजार ६ सय ७६ जनालाई कोरोना पोजिटिभ देखिएपछि बेलायतमा हाल १ लाख २४ हजार ७ सय ४३जना कोरोना संक्रमित रहेका छन् । पछिल्लो तथ्यांक अनुसार बेलायतको अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १६ हजार ५सय ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?