कार्यकर्तालाई संयमित बन्न योगेश भट्टराईको आग्रह

काठमाडौं । संस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगश भट्टराईले कार्यकर्ताहरुलाई संयमित बन्न आग्रह गरेका छन् । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले जारी गरेको अध्यादेशपछि नेपाली राजनीतिक माहोला एकाएका गरमागरम भएको थियो ।

यसै क्रममा मन्त्री भट्टराईले जनमत, जिम्मेवारी र परिस्थितीले पार्टी एकतालाई अझ सिमेन्टेड गर्नु पर्नेमा जोड दिएका छन् । उचाल्ने, पछार्ने काममा नलाग्न तथा उत्तेजित नबन्नका लागि कार्यकर्तामा आग्रह गर्दै आजको निर्णय नेकपा र अन्य कुनै दल लक्षित नभएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

कार्यकर्तामा सान्त्वना दिँदै सरकार, पार्टी सफल हुने साथै राष्ट्रको भविष्य सुनौलो हुने कुरामा जोड दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “नेताहरुको परिपक्वता र कार्यकर्ताहरुको सचेतनताले नेकपा अझै बलियो बन्नेछ । सरकार सफल हुनेछ । पार्टी सफल हुनेछ । राष्ट्र, जनता र पार्टीको भबिस्य सुनौलो हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?