विदेशबाट आएर महानगरमा बसेकाहरुको धमाधम परिक्षण हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरूको कोरोना परीक्षणको गति तीव्र बनाएको छ ।

विदेशबाट आएर महानगरभित्र बसोबास गरिरहेका नेपाली तथा विदेशी नागरिकको -यापिड डाइग्नोस्टिक (आरडीटी) विधिबाट परीक्षण गर्न थालिएको हो ।

सोमवार महानगरले वडा ६, ७, ८ र ९ मा परीक्षण गरेको छ । महानगरले दिनमा २ सय जनाको परीक्षण गर्ने लक्ष्यसहित उक्त वडाहरूमा परीक्षण तीव्र बनाएको हो ।

आइतवारसम्म महानगरमा साढे ६ सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

विदेशबाट आएका नागरिकहरू सरकारको आग्रहअनुरुप होम क्वारेन्टाइनमा बसिरहेकाले शंका गर्नुपर्ने कुनै अवस्था नरहेको उनले बताए । कुनै व्यक्तिमा पोजेटिभ देखिए थप परीक्षणका लागि टेकु अस्पताल पठाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?