प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो वडा अध्यक्षको कार्यशैली प्रति असन्तुष्टि राख्दै सदस्यको पदबाट राजिनामा दिएका छन् ।
वडा नम्बर ७ का वडा अध्यक्ष पदम भट्टराईले विकास निर्माणका काम साथै अन्य कार्यहरूमा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गरेको भन्दै वडासदस्य पदबाट राजीनामा दिएको बताए । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सदस्य ऋषिराम घर्ती मगरले राजीनामा पत्र दिएका हुन् । उनले पत्रमा लेखेका ,–‘वडाबाट हुने सम्पूर्ण क्रियाकलाप चित्त बुझ्दो नभएपछि वैशाख ५ गतेबाट वडा सदस्यको पदमा नरनेगरी राजीनामा स्वीकृत गरिदिन आग्रह गर्दछु ।’ मगरले वडाअध्यक्ष भट्टराईलाई वडा कार्यालयको बैठक बसीरहेको बेला राजीनामा पत्र दिएको बताए ।
वडाअध्यक्ष टेक बहादुर भट्टराई ( पदम) ले भने वडा सदस्य घर्तीले लगाएको आरोप सबै गलत रहेको बताएका छन् । संकटको अवस्थामा एकाएक राजीनामा दिएर के आफ्नो जिम्मेवारीबाट पन्छिनु राम्रो नभएको वडा अध्यक्षले गुनासो गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया