कोरोना महामारीकाबीच जापानमा गयो भूकम्प

काठमाडौं । जापानको पूर्वी तट नजिकै सोमवार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले आफ्नो वेबसाइटमा जापानमा गएको भूकम्प्को केन्द्र प्रशान्त सागरभन्दा तल ४१.७ किलोमिटरको गहिराईमा भएको बताएको छ ।

उक्त ठाउँ मियाँगी प्रान्तभन्दा ५० किलोमिटर टाढा रहेको छ । भूकम्पमा परेर जनधनको कुनै क्षति नभएको बताइएको छ । जापानको मौसम विभागका अनुसार त्यसबाट नोक्सान हुने सम्भावना कमै रहेको छ ।

जापान मौसम विभाग एजेन्सी (जीएमए) ले भने भूकम्प ६.१ म्याग्निच्युडको रहेको बताएको छ । जापानको क्योदो संवाद समितिका अनुसार भूकम्प सोमवार विहान साँढे ५ बजे गएको थियो ।

जापानको प्रशान्त महासागरस्थित रिंग अफ फायर क्षेत्रमा भूकम्पहरु प्रायः गईरहेका हुन्छन् । जापानमा सन् २०११ मा ९.० म्याग्च्यिुडको विनाशकारी भूकम्प गएको थियो ।

भूकम्प गएलगत्तै ठूलो सुनामी पनि आएको थियो । त्यसबेला १६ हजारको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?