क्यानडामा ३० वर्ष यताकै ठूलो गोलाबारी, १६ जनाको मृत्यु

काठमाडौं । प्रायः शान्त रहने क्यानडाको नोभा स्कोटियामा आईतवार भएको गोलाबारीमा परेर १६ जनाको ज्यान गएको छ । यो क्यानडामा गएको ३० वर्षकै सबैभन्दा भयानक घटना हो ।

लगभग १२ घण्टा भएको गोलाबारीमा एक महिला पुलिस अफिसरको मृत्यु भएको छ । गोली चलाउनेको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

साथै केहि मानिसहरु पनि घाईते भएका छन् । पुलिसका अनुसार पोर्टापिक्युमा एउटा घर भित्र र बाहिर केहि शवहरु पाईएका छन् ।

पुलिसले गोली हान्ने व्यक्ति ५१ वर्षीय ग्याबरियल वोर्टम्यान रहेको बताएको छ । पुलिसका अनुसार शुटरले पुलिसको जस्तै देखिने ड्रेस लगाएको र उक्त मानिस चढ्ने कार पनि क्यानेडियन पुलिसको जस्तै भएको बताएको छ ।

वोर्टम्यानलाई शहरको एक ग्यास स्टेशनबाट पक्राउ गरेपनि केहि समयपछि पुलिसले मृत घोषित गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?