घर-घरमा तरकारी

तानसेन । तानसेन नगरपालिकामा बसोबास गर्ने नागरिकलाई लकडाउनको बेलामा तरकारी अभाव हुन नदिन घरघरै तरकारी पु-याउने गरिएको छ ।

नगरपालिकाद्वारा गठित युवा परिषद्ले गाउँमै उत्पादित तरकारी बजारका नागरिकलाई घरघरमै सहुलियत दरमा बिक्रीका लागि पु-याउन शुरु गरेको परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताए।

कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि बाहिरी जिल्लाको तरकारी भित्रिन नदिने निर्णय नगरपालिका, कोरोना संक्रमण रोकथाम एवं व्यवस्थापन आपूर्ति व्यवस्थापन समितिले गरेको हो ।

परिषद्ले बारीमा कुहिएर जानबाट जोगाएर तरकारी अभाव झेलेका उपभोक्तासामु तरकारी पु¥याउन लागेकामा खुशी भएर सहकारीको गाडी नै उपलब्ध गराएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज न्यौपानेले बताए ।

बन्दाबन्दीमा तरकारी उत्पादनको मुख्य क्षेत्रका रुपमा परिचित तानसेनका अर्गली, मदनपोखरा र बौघापोखराथोकमा तरकारी बारीमै कुहिन्छ कि भन्ने चिन्ता लागेकामा अब नगरपालिकाले उपभोक्तासम्म पु¥याइदिने भएकाले खुशी लागेको सहकारी संस्थाका अध्यक्ष तथा कृषक न्यौपाने बताउँछन् ।

उपभोक्ताले तरकारी खान नपाउने र कृषकका बारीमा तरकारी कुहिएर जाने अवस्था आउन नदिन कृषकको मूल्यअनुसार आफूहरुले बजारसम्म लैजाने समितिका महासचिव धनु घिमिरेले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?