काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट आउने र अन्य शंकास्पद व्यक्तिहरुको कोरोनाभाइरस (कोभिड–१९) को परीक्षण गर्ने निर्णय गरेअनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा आइतवार ९९ जनाको र्यापिड टेष्ट गरिएको छ ।
नयाँ बजारस्थित जुडो हलमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका ९ जना मुस्लिम नागरिक समेत रहेका छन् ।
उनीहरु नयाँ बजारमा रहेको मस्जिदमा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया