सुदूरपश्चिम प्रदेशले चैत महिनामा भारतबाट आएकाहरुको परीक्षण गर्ने

कैलाली । कोरोना भाईरसको संभावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशले चैत्र महिना अबधिभर भारतबाट आएका नेपालीको आरडीटी द्धारा चेकजाँच गर्ने भएको छ । आज स्वास्थ्य निर्देशनालयलय डोटीले चैत महिना अबधिभर भारतवाट आएका नेपालीको डाटा संकलन गरी चेक जाच सुरु गरिने जानकारी दिएको छ ।

उनीहरुको विवरण संकलनमा सहयोग गर्न स्थानिय निकाए लाइृ जिम्मा दिएको छ । अझै सुदूुरपश्चिम प्रदेशमा १ हजार एक सय ९६ आरडिटी किड स्टक रहेको निर्दैशनालयले जनाएको छ । आज सम्म यो प्रदेशमा २५७८ ब्लोड स्वाव संकलन गरिएको मा २५०१ जनामा नेगेटिभ रिपोट आएको डा. भुषण मिक्ष ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?