कर्फ्यू उल्लङ्घन विरुद्ध कठोर बन्दै फिलिपिन्स, कुकुरको खोरमा थुन्दै मान्छे

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले विश्वनै त्रसित छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्राय सबै देशहरुमा अहिले लकडाउन छ । मानिसहरुलाई
अत्यावश्यक कामबाहेक घरबाट ननिस्किन दिइएको छैन् । तर, मानिसहरुले लकडाउन उल्लङ्घन गर्ने क्रियाकलाप भने रोकेका छैनन् ।

फिलिपिन्स सरकारले लकडाउन उल्लङ्घन गर्ने मानिसहरलाई अनौठा र कडा खालका सजाय दिन थालेको छ । यसैगरी केही दिन अगाडि सान्ताक्रुज, लगुना प्रान्तमा त कर्फ्यू उल्लङ्घन गर्नेहरुलाई कुकुरको खोरमा थुनिएको छ ।

 

यसअघि पनि फिलिपिन्स सरकारले लकडाउन उल्लङ्घन गर्नेलाई चर्को घाममा बसालेको थियो । फिलिपिन्सका राष्ट्रपतिको कर्फ्यू उल्लङ्घन गर्नेलाई गोलि हान्ने आदेश दिएका थिए । उनले जसले कर्फ्यू उल्लङ्घन गर्छ त्यसलाई चिहानमा पुर्‍याइदिन्छु भन्ने धम्की पनि दिएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?