सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा सुरक्षाकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरेको छ ।
काभ्रेको सिमाना ढाँडखोला, काठमाडौँसँगको सिमाना भोटेचौर र छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो । ती नाका हुँदै धेरै आवतजावत हुने भएपछि स्वास्थ्य जाँचपछि मात्रै प्रवेश गराउने मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखाका सहइन्चार्ज ज्ञानेन्द्र घोरासैनीले जानकारी दिए ।
यही बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल क्षेत्रमा बालुवा गिटीलगायत सामाग्री ढुवानी हुने भएपछि स्थानीयको मागबमोजिम सुरक्षाका लागि पनि डेस्क सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
यसैबीच मेलम्ची क्षेत्रीय क्वारेन्टइनबाट भागेका मेलम्ची १३ का १ जनालाई ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङको टोलीले घरबाटै नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई पुनः क्वारेन्टाइनमा राखिएको नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्। अब क्वारेन्टाइनमा सिसी क्यामेरका साथै सुरक्षाका सामाग्री जडान गरिने पनि नेपालले बताइन्। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया