सङ्क्रमित निको भएकामा प्रधानमन्त्री खुशी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भई अस्पतालबाट घर फर्किएकोमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उनीसँग कोरोना समेत पराजित भएको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले शनिवार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्किएकोमा पनि खुशी व्यक्त गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?