काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतमा यो समाचार तयार पार्दासम्म १४ हजार ७ सय ९२ जना संक्रमित भएका छन् । बितेको २४ घण्टामा मात्र ४ सय ४० जना नयाँ संक्रमित देखा परेका छन् ।
यसैगरि वल्डोमिटरका अनुसार ४ सय ८८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । भने २ हजार ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै १२ हजार २ सय ५९ जना अहिलेपनि अस्पतालमा उपचाररत रहेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म कोरोनाको कारण १ लाख ५८ हजार ८ सय ८५ जनाको मृत्यु भएको छ । भने २३ लाख १२ हजार ५८ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । साथै ५ लाख ९१ हजार २ सय ७७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया