काठमाडौं । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अर्को महिना करिब दश वर्षपछि अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ ।
रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट २७ मेका दिन उडाउने योजना रहेको छ । दुईजना अन्तरिक्षयात्री पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९इन्टरन्याशनल स्पेश स्टेशन आइएसएस०तर्फ जानेछन् ।

रकेट र अन्तरिक्ष यान दुवै एउटा निजी कम्पनी स्पेस एक्सले निर्माण गरेको बताइएको छ ।
अन्तरिक्ष यानमा यात्रा गर्ने यात्रीहरू बब बेहन्कन र डग हर्ली हुन् । अन्तरिक्ष यात्रीहरू बब बेहन्कन र डग हर्लीलाई आइएसएस पुग्न करिब २४ घण्टा लाग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया