काठमाडौं । भारतको आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले आफ्नो पनि कोभिड १९ को परीक्षण गराएका र उनलाई उक्त भाइरसको संक्रमण नदेखिएको जनाइएको छ । उनले शुक्रबार र्यापिड टेष्टमार्फत आफ्नो परीक्षण गराएको बताइएको छ । दक्षिण कोरिया सरकारले आन्ध्रप्रदेशलाई दिएका र्पापिड टेष्ट किटबाट आफ्नो पनि परीक्षण गराएका समाचारमा जनाइएको छ ।
दक्षिण कोरिया सरकारले आन्ध्रप्रदेश सरकारलाई एक लाख र्यापिड टेष्ट किट उपलब्ध गराएको थियो । दक्षिण कोरियाबाट विशेष विमान चार्टर गरेर ती किटहरु ल्याइएको समाचारमा जनाइएको छ ।आन्ध्रप्रदेश राज्य सरकारको सचिवालयले दिएको जानकारी अनुसार ती किटहरुका माध्यमबाट अब उक्त राज्यका विभिन्न सम्भाव्यस्थलहरुमा घरघरमै पुगेर परीक्षण गरिने छ ।
सो परीक्षणपछि १० मिनेटमा नै रिपोर्ट आउने बताइएको छ । यो परीक्षण किटलाई प्रभावकारी मानिएको छ । छोटो समयमै यसको संक्रमण थाहा पाउन सकिने भएकोले यो परीक्षणबाट यहाँ कोविडको सम्भावित संक्रमण रोक्न सहयोग पुग्ने बताइएको छ ।
शुक्रबार ती किटहरु आन्ध्रप्रदेश राज्य सरकारलाई हस्तान्तरण गरिएको थियो । शुक्रबारै ती किटबाट परीक्षणको आरम्भ मुख्यमन्त्री रेड्डीलाई परीक्षण गरेर शुरु भएको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया