सप्तरी । सप्तरीको दक्षिणी भेगमा रहेको तिलाठी कोइलाडी गाउँपालिका-१ का याकुब मन्सुरी परिवारका सबै सदस्यको -यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नेगेटिभ देखिएको छ ।
भारतको दिल्ली मरकजबाट आएका मन्सुरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा -यापिड डायग्नोष्टिक टेष्ट गर्दा निगेटिभ आएको हो ।
मन्सुरीको स्वाब सङ्कलन गरी (पिसीआर) परीक्षणका लागि धरानस्थित बिपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
राजविराज अस्पतालमा कोरोना पोजिटिभ देखिएका मन्सुरीको धरानमा (पिसीआर) माध्यबाट स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो ।
उनको टेष्टमा नेगेटिभ आएपछि उनलाई अहिले होम क्वारेन्टाइनमा राखिएको छ ।
मन्सुरीको टेष्ट नेगेटिभ आएपनि उनको सम्पर्कमा आएका परिवारका ११ र अन्य थप १२ जनाको स्वाब -यापिड डायग्नोष्टिक टेष्टबाट परीक्षण गर्दा उनीहरु सबैको नतिजा नेगेटिभ आएको तिलाठी कोइलाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दीपककुमार मण्डलले जानकारी दिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया