बलियो बन्यो अमेरिकी डलर, विनिमयदर हालसम्मकै उच्च हुनुको कारण के ?

केही दिनयता नेपाली मुद्रासँग अमेरिकी डलरको विनिमयदर उकालो लागिरहेको छ ।
कोही क्रममा राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको विनिमयरदर १२३ रुपैयाँ २८ पैसा तोकेको छ । यो हालसम्मकै उच्च भएको कान्तिपुर दैनिकमा खबर छ ।
अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यसकारण भारुको विनिमयदर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुने गर्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो हुने गरेको थियो ।
विश्वबजारमा अमेरिकी अर्थतन्त्रको प्रभुत्वकायमै छ । त्यसैले पनि लगानीकर्तालाई भरपर्दो विकल्प अमेरिकी डलर बनेको छ । पछिल्ला एक वर्षयता विश्व बजारमा निरन्तरजसो उतारचढाव हुँदै आएको छ । अमेरिका र चीनबीचको व्यापार युद्ध, इरान, इराक, कतार लगायतका खाडी मुलकमा देखिएका अस्वाभाविक गतिविधिले विश्व अर्थतन्त्रमा कुनै न कुनै रुपमा प्रभाव पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?